संघीयता आयो, मानसिकतामा परिवर्तन आएन : मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय संरचनाअनुसार अझै मानसिकतामा परिवर्तन हुन नसकेको बताएका छन्। शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सङ्घीयता सबलीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले देश सङ्घीय संरचनामा गए पनि मानसिकता भने परम्परागत केन्द्रीयतानुसार नै रहेको बताए ।
मुख्यमन्त्री कँडेलले विकास साझेदार तथा दातृ निकाय पनि काठमाडौँ केन्द्रीत मानसिकतामा रहेको धारणा राखे। 'राजनीतिक रूपमा पालिका र प्रदेश सरकारका संरचना बनायौँ तर त्यहीअनुसार सुदृढतापूर्वक अगाडि बढ्न सकेका छैनौँ । यसमा सुधार गर्नुपर्ने आवश्यकता छ,' उनले भने,'सबै तहका संवैधानिक अधिकारको कार्यान्वयनका लागि समयसापेक्ष संविधान संशोधनका लागि मतैक्यता बनाउनतर्फ लाग्नुपर्छ । यसमा निर्वाचित जनप्रतिनिधि, मन्त्री र विशेष गरी दलका नेतृत्वहरूको भूमिका बढी छ ।'
मख्यमन्त्री कँडेलले कर्णालीमा वित्तीय स्रोतको वितरण असन्तुलित रहेकाले यसका सूचक बदल्नुपर्ने र वित्तीय सङ्घीयताका विषयमा सङ्घीय सरकार थप उद्धार हुनुपर्नेमा जोड दिए । सङ्घीय सरकारले अन्य प्रदेश सरह बाँडफाँड गर्ने राजश्व कर्णालीका लागि न्यायोचित नभएको उनको भनाइ थियो ।
कार्यक्रममा आयोजक फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टर ललितपुरका अध्यक्ष डा खिमलाल देवकोटाले संविधान कार्यान्वयन, सङ्घीयता सबलीकरण, सङ्घ, प्रदेश र स्थानीयमा स्रोत बाँडफाँड सुनिश्चितताको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। सेन्टरका निर्देशक तथा संविधानसभा सदस्य प्रल्हाद लामिछानेले पछिल्लो समय संविधान र सङ्घीयताका विषयमा उठेका सवालमा सहजीकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम अगाडि बढाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण