नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको छ : उपप्रधानमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालले नीति, कार्यक्रम र पहलहरूमार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण कदमहरू उठाएको जिकिर गरे । उनले सरकारले उठाएका कदमलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले जलवायु परिवर्तन नीतिले विकास योजना निर्माणमा जलवायु अनुकूलतालाई समावेश गर्ने रणनीतिक ढाँचा प्रदान गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गरिरहेको बताए । उनले वित्तीय संस्थाहरूमा नवीकरणीय ऊर्जा, वातावरणमैत्री पूर्वाधार र जलवायु अनुकुल कृषि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी रहेको बताए ।
अर्थमन्त्री पौडेलले नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक श्रोतहरू रहेको भन्दै जलविद्युतको सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी रहेको बताए । उनले नवीकरणीय ऊर्जामा गरिने लगानीले घरेलु ऊर्जाको आवश्यकता पूरा गर्न मात्र नभई छिमेकी मुलुकलाई स्वच्छ ऊर्जा निर्यात गरेर क्षेत्रीय स्थायित्व र आर्थिक वृद्धिमा योगदान गर्न सक्ने बताए ।
उनले भने, ‘नेपालका लागि दिगो विकासको बाटो अत्यावश्यक र अपरिहार्य भइसकेको छ भन्ने सच्चाइलाई गहिरोसँग महसुस गर्नुपर्छ । म हाम्राअघि रहेका चुनौतीहरुप्रति पनि पूर्ण रूपमा सचेत छु । समाधान सम्भव छ भन्नेमा पनि आशावादी छु । नेपालले नीति, कार्यक्रम र पहलहरूमार्फत वातावरणीय र जलवायु चुनौतीहरूको सामना गर्न महत्त्वपूर्ण कदमहरू उठाएको छ । तिनलाई अझ प्रभावकारी बनाएर अघि बढाउनुपर्ने आवश्यकता छ ।’
उपप्रधानमन्त्री पौडेलले आर्थिक प्रगति र पर्यावरणीय संरक्षणलाई सन्तुलित रूपमा अघि बढाउन आवश्यक रहेको बताए । नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अघि बढिरहेको बताए । विकास मोडलले वातावरणीय अनुकूलता, दिगो पन र समानतालाई प्राथमिकता दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण