स्वास्थ्य शिविरमा एक हजार बिरामीको उपचार
नुवाकोट । ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विदुर–५ देवीघाटमा आयोजना गरिएको ‘बृहत स्वास्थ्य परीक्षण शिविर’मा एक हजार तीन सयभन्दा बढी बिरामीको उपचार गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जालपादेवी उपशाखा देवीघाट र यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा शनिबार सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकमार्फत बिरामीको स्वास्थ्य जाँच, प्रयोगशाला परीक्षण र निःशुल्क औषधि वितरण गरिएको थियो । आयोजक यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा केदारनरसिंह केसीका अनुसार शिविरमा स्त्रीरोग तथा प्रसूतिसम्बन्धी भिडियो एक्सरे, पाठेघरको मुख र स्तनको क्यान्सरसम्बन्धी स्क्रिनिङ, नशा तथा हाडजोर्नी जाँच र प्रयोगशाला परीक्षण सेवा लिने बिरामीको सङ्ख्या बढी थियो ।
शिविरमा जाँच गराउन आएका बिरामीमध्ये केहीको स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको र तत्कालै थप उपचार सेवा आवश्यक देखिएका बिरामीको पहिचान गरेर उनीहरूलाई जिल्लाको सरकारी अस्पताल (त्रिशूली अस्पताल)मा जाँच गराउन सिफारिस गरिएको छ । काठमाडौँबाट आएका तथा त्रिशूली अस्पताल नुवाकोटका विशेषज्ञ चिकित्सकसहित ३० स्वास्थ्यकर्मीको समूहले शिविरमा स्त्रीरोग तथा प्रसूति, आँखा तथा दृष्टिरोग, प्रयोगशाला, फिजिसियन तथा परामर्श सेवा, मनोरोग, नशा तथा हाडजोर्नीलगायत सेवा दिएको थियो । जाँच गराएका बिरामीलाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो ।
शिविरमार्फत ग्रामीण क्षेत्रका महिला तथा ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको र आगामी दिन नुवाकोट तथा रसुवाका ग्रामीण एवं स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानमा शिविर सञ्चालन गरिने ट्रष्टका संरक्षक तथा प्रतिनिधिसभा सदस्य अजुर्ननरसिंह केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण