श्रीलंकामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने
कोलम्बो । श्रीलंकामा आम निर्वाचनमा निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेलाई वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले उछिनेका छन् । दिसानायकेले शानदार जित हात पारेका छन् । उनी श्रीलंकाका आगामी राष्ट्रपति हुनेछन् । श्रीलंकामा १० औं राष्ट्रपति चयन गर्न सेप्टेम्बर २१ मा मतदान भएको थियो ।
हिजै साँझ ५ बजेदेखि मतगणना शुरु भएको थियो । १ करोड ७० लाख मतदाताहरुमध्ये करीब ७५ प्रतिशत राष्ट्रपतिको निर्वाचनमा मताधिकार प्रयोग गरेका थिए । सन् २०१९ को नोभेम्बरमा भएको पछिल्लो निर्वाचनमा ८३ प्रतिशत मतदान भएको थियो । यो अहिलेसम्मकै धेरै थियो ।
श्रीलंकाको निर्वाचन आयोगको आकडाअनुसार वामपन्थी नेता अनुरा कुमारा दिसनायकेले ५२ प्रतिशत मत पाएका छन् । दिसानायके नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनका उमेदवार हुन् । १६ प्रतिशत मात्रै मत पाएर निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघे तेस्रो स्थानमा छन् । साजिश प्रेमदासा २२ प्रतिशत मतसहित दोस्रो स्थानमा छन् । प्रेमदासा एक पटक फेरि मुुख्य प्रतिपक्ष बन्नेछन् ।
रनिलका विदेशमन्त्रीले निर्वाचनमा रनिलको हार स्वीकार गरेका छन् । गएको निर्वाचनमा दिसानायकेको एनपीपीले ३ प्रतिशत मात्रै मत पाको थियो । महिन्दा राजापाक्षका छोरा नमल राजापाक्ष यस निर्वाचनमा चौथो स्थानमा समेटिएका छन् ।
सन् २०२२ को आर्थिक संकटयता यो श्रीलंकामा भएको पहिलो निर्वाचन हो । २०२२ को आर्थिक संकटको समयमा गोतबाया राजापाक्षे सरकारविरुद्ध बृहत स्तरमा जनविद्रोह भएको थियो । प्रदर्शनकारीहरू कोलम्बोमा रहेको राष्ट्रपतिको निवासमा घुसेका थिए । त्यसपछि गोतबाया देश छाडेर भाग्न बाध्य भएका थिए । त्यतिबेला रनिलले देशको बागडोर सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण