घर बनाउँदा प्रकाश तामाङको खाताको रकम झिकेको छैन : किराती
आइतबार, ०६ असोज २०८१, २१ : १८
काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रकाश तामाङको घर बनाउँदा उनको खाताबाट पैसा नझिकेको बताएका छन् । आइतबार साँझ आफ्नो फेसबुकमार्फत तामाङको खातामा क्यु आर कोडबाट जम्मा भएको पैसा नचलाएको बताएका हुन ।
फर्केर आएको प्रकाश तामाङको घर प्रतिकुल मौसमको बाबजुद पनि दिनरात गरेर बनिरहेको छ । खटिरहनु भएका सबै योद्वाहरुप्रति धन्यवाद, सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले लेखेका छन्,
प्रकाश तामाङ को QR Code मार्फत बैँक खातामा जम्मा भएको रकम घर निर्माणमा खर्च गरिएको छैन भन्ने कुरा स्पष्ट गर्दछु ।
लामो समय हराएका तामाङ हेर्ने कथा टिमको सहयोगमा भोजपुरमा रहेका उनका परिवारसँग मिलन भएको थियो । तामाङको पुर्खौली घरजग्गा नभएकाले किरातीले घर बनाइदिने जिम्मा लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण