मेगास्टार चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्ड
हैदराबाद । मेगास्टार चिरञ्जीवीको नाम गिनिज वर्ल्ड रेकर्डमा परेको छ । ४५ वर्षको करियरमा १५६ चलचित्रका ५३७ गीतमा २४ हजार डान्स मूभ प्रस्तुत गरेबापत उनले यो सम्मान पाएका हुन् ।
उनलाई अभिनेता आमिर खानले यो अवार्डबाट सम्मान गरेका थिए । यस अवसरमा आमिर खानले चिरञ्जीवीको तारिफ गर्दै भने, ‘यहाँ आउन पाउनु मेरो लागि खुसी र सम्मानको कुरा हो । चिरञ्जीवी गारुका फ्यानहरू देखेर म खुसी छु। मलाई तपाईँहरू माझ समावेश गर्नुभएकोमा म सबैलाई धन्यवाद दिन्छु । म उहाँको (चिरञ्जीवी) को ठुलो फ्यान हुँ।’
चिरञ्जीवीको डान्स मूभको तारिफ गर्दै आमिर खानले भने, ‘यदि तपाईँले उहाँको कुनै पनि गीत हेर्नुभयो भने, उहाँको हृदय नृत्यमा डुबेको थाहा पाउनुहुनेछ। उहाँलाई धेरै रमाइलो लाग्छ। हामी उहाँबाट कहिल्यै आँखा हटाउँदैनौँ किनभने उहाँ धेरै राम्रो अभिनेता हुनुहुन्छ।’
चिरञ्जीवीले आफ्नो फिल्मी करियर १९७९ मा फिल्म पुनाधिरल्लुबाट सुरु गरेका थिए । यद्यपि, बापूद्वारा निर्देशित मन वुरी पाण्डाभुलु उनको पहिलो रिलिज थियो। उनले सन् १९८२ मा रिलिज भएको ‘अन्तलो रामय्या भिडिलो कृष्णय्या’ जस्ता हिट फिल्मबाट मुख्य भूमिका निभाउन थालेका थिए।
सन् १९८३ मा रिलिज भएको फिल्म कैदीले चिरञ्जीवीलाई रातारात ठुलो सुपरस्टार बनायो । त्यसबेलादेखि चिरञ्जीवीलाई मेगास्टार चिरञ्जीवीको नाम दिइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण