बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अमिताभले उडाए संसारभरी १ खर्ब ७२ अर्बको व्यापार गर्ने फिल्मको मजाक, भए ट्रोल

सोमबार, ३१ वैशाख २०७५, ११ : ५५
सोमबार, ३१ वैशाख २०७५

अमिताभ बच्चनले शनिबार राती हलिउड फिल्म ‘एभेन्जर्सः इनफिनिटी वार’ हेरे । तर उनको उक्त फिल्म बुझेनन् । यसको खुलासा अमिताभ आफैले ट्वीटरमा गरेका हुन् ।

उनले फिल्मको मजाक उडाउँदै लेखे, ‘खिन्न नमान्नुहोस् । एउटा फिल्म हेर्न गएँ, ‘एभेन्जर्स’... फिल्ममा के भइरहेको छ, केही पनि बुझिएन ।’

उक्त ट्वीटपछि अमिताभलाई ट्रोल गरिँदै छ ।

केही सोसल मिडिया प्रयोगकर्ताले उनको र अभिषेक बच्चनको फ्लप फिल्मको चर्चा गर्दै आफूहरुले पनि ती फिल्ममा के भइरहेको छ थाहा नपाएको बताए । कतिले फिल्म बुझ्नका लागि अमिताभले एभेन्जर्सको सिरिज हेर्नुपर्ने सल्लाह दिए । एक सोसल मिडिया प्रयोगकर्ताले लेखे, ‘हिन्दीमा हेर्नुभएको भए हुन्थ्यो सर... हुन त लाल बादशाह बुझिएको थियो । एक अन्य सोसल मिडिया प्रयोगकर्ताले ट्वीटमा गल्ती भएको भन्दै लेखे, ‘गए र गाएको फरक बुझ्नुहोस् बच्चन साहब ।’

मार्वल स्टुडियोको फिल्म एभेन्जर्सः इन्फिनिटी वारले संसारभरी १.६ बिलियन डलर (१ खर्ब ७२ अर्ब रुपैयाँको) कमाई गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप