सामाजिक सञ्जालका विश्लेषण हेरेर लगानी नगर्न नेप्सेको अनुरोध
सोमबार, ०७ असोज २०८१, १४ : २१
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न अनुरोध गरेको छ ।
सोमबार सूचना जारी गर्दै नेप्सेले आधिकारिक विश्लेषक कोही नभएकाले सामाजिक सञ्जाल हेरेर लगानी नगर्न अनुरोध गरेको हो । नेप्सेले नेपालमा कुनै पनि निकायबाट कोही पनि बजार विश्लेषकको रूपमा दर्ता नभएको बताएको छ ।
फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जालमा आउने विश्लेषणले लगानी जोखिममा पर्न सक्ने भन्दै नेप्सेले लगानीकर्तालाई सचेत गराएको छ । नेप्सेले सूचनामार्फत लगानीकर्ताहरूलाई यथार्थ बुझेर मात्र लगानी सम्बन्धी निर्णय गर्न आग्रह पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण