प्रधान सेनापतिसँग फ्रान्स र युएईका राजदूतको भेट
सोमबार, ०७ असोज २०८१, १८ : १७
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबिच भेटघाट भएको छ । सोमबार जङ्गी अड्डामा सेनापति र राजदूतबिच शिष्टाचार भेटघाट भएको हो ।
त्यस्तै, आजै प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ)का राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटहरूमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले नेपालको उक्त देशहरूबिच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण