५७ लाख ३५ हजार मेट्रिक टन धान फलाउने सरकारको लक्ष्य
सोमबार, ०७ असोज २०८१, १८ : ४४
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा ५७ लाख ३५ हजार मेट्रिक टन धान फलाउने लक्ष्य राखेको छ । सरकारले गत वर्षको तुलनामा ११ हजार मेट्रिक टनभन्दा बढी धान फलाउने लक्ष्य राखेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्ष ५७ लाख २४ हजार मेट्रिक टन धान फलेको थियो । यो वर्ष ११ हजार मेट्रिक टन बढाएर ५७ लाख ३५ हजार मेट्रिक टन धान फलाउने सरकारी लक्ष्य छ ।
यस्तै, गत वर्ष २१ लाख ५५ हजार मेट्रिक टन फलेको गहुँ यो वर्ष २२ लाख १५ हजार फलाउने सरकारी लक्ष्य छ । यस्तै, गत वर्ष ३० लाख ८९ हजार मेट्रिक टन फलेको मकै यो वर्ष ३० लाख ९५ हजार मेट्रिक टन फलाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण