पत्रकार महासंघले बोलायो भर्चुअल बैठक
काठमाडौँ । नेपाल पत्रकार महासंघले भर्चुअल बैठक बोलाएको छ । सोमबार एक सूचना जारी गर्दै महासंघले बुधबार भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्षको बैठक बोलाएको हो ।
महासंघको सदस्यता शुद्धीकरणको विषयमा देखिएको जटिलतालाई लिएर तोकिएको समयमा निर्वाचन सम्पन्न हुन नसकेपछि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका थिए । त्यसपछि महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै असोज १२ गते महासंघको तीनै तहको नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति तय गरेका थिए । तर कार्यवाहक अध्यक्ष विष्टले पनि सदस्यताको जटिलतालाई लिएर राजीनामा दिएपछि हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी महिला उपाध्यक्ष वाला अधिकारीले सम्हाल्दै आएकी छिन् ।
महासंघले भनेको छ, ‘कार्यवाहक अध्यक्ष विष्टले राजीनामा दिँदै गर्दा ५३ जिल्लाका अध्यक्षले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७५) बमोजिम निर्वाचन हुन नसकेपछि सोही विधानको परिच्छेद ९ को धारा ३५ को उपधारा ७ बमोजिम प्रदेश र जिल्ला शाखाका अध्यक्षको भेला आयोजना गरी महासंघको निर्वाचनमा देखिएको समस्या तथा सदस्यता शुद्धीकरणका विषयमा उठेको जटिलतालाई सुल्झाइ सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन माग गरी ध्यानाकर्षण पत्र बुझाएकोले सोही विषयमा निष्कर्षमा पुग्नका लागि असोज ९ गते बुधबार बिहान ९ बजे भर्चुअल माध्यमबाट प्रदेश तथा जिल्ला शाखा अध्यक्षको बैठक गर्ने निर्णय भएको हुँदा सोहीअनुसार सहभागिता जनाउनुहुन हार्दिक अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण