समाचार
श्रीलंकाका लागि प्रस्तावित राजदूतले लिए नाम फिर्ता
मङ्गलबार, ०८ असोज २०८१, १४ : ३९
काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित राजदूतले आफ्नो नाम फिर्ता लिएका छन् । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएका हुन् ।
संसदीय सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेले दिएको जानकारी अनुसार उनले नाम फिर्ता लिएका हुन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा राजदूतबाट नाम फिर्ता लिएका हुन् ।
‘उहाँले अन्तिम समयमा आएर ११ गतेसम्मलाई समय माग गर्नुभएको थियो । तर हामीले ४५ दिन कटाएर समय दिन सकेनौँ‚’ उनले भनिन्‚‘त्यसैले उहाँले प्रमाणपत्र उपलब्ध गराउन सकिन । नाम फिर्ता लिन्छु भनेर निवेदन दिनुभयो।’ न्यौपानेका अनुसार ३ बजे समितिको बैठक बसेर उनको निवेदन स्वीकृत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण