एकलौटी फर्मको नवीकरण अवधि नथपिने, कम कारोबार भएका कम्पनीलाई पनि कडाइ

काठमाडौँ । डे–वान अन्तर्गतका एकलौटी फर्महरूको आय विवरण दाखिला गर्ने म्याद नथपिने भएको छ । आन्तरिक राजश्व विभागले त्यस्ता व्यवसायले असोज मसान्तभित्रै आफ्नो आय विवरण सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि मनासिब कारण देखाए त्यस्तो विवरण पेस गर्ने मिति तीन महिनासम्म थप्न सक्ने व्यवस्था थियो ।
त्यस्तै, २५ करोड रुपैयाँसम्मको वार्षिक कारोबार भएका कम्पनीहरूका हकमा बढीमा २ महिना मात्रै समय थप्न सकिने विभागले जनाएको छ । यस अनुसार ती कम्पनीहरूले मङ्सिर मसान्तसम्म विवरण बुझाउने गरी म्याद थप सुविधा प्राप्त गर्न सक्नेछन् ।
२५ करोड रुपैयाँभन्दा ठुला कम्पनीहरूले भने पुस २० गतेसम्म यस्तो विवरण बुझाउन समय पाउने विभागले जनाएको छ । पुस मसान्तमा राजश्व कार्यालयमा हुने चापलाई व्यवस्थित गर्न यस्तो गर्नुपरेको विभागले प्रस्ट पारेको छ ।
डे–वान अन्तर्गतका व्यक्तिगत फर्महरूले आय विवरण पेस गर्दा लेखा परीक्षण गर्नु नपर्ने र आन्तरिक राजश्व कार्यालयमा अनुमानित विवरण पेस मात्रै गरे हुने भएकोले यसमा समय नथपिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा २ जनाको मृत्यु
-
पानी पर्ने बादल पूर्वतिर विकसित, सतर्क रहन विभागको आग्रह
-
सहकारी ठगीको कथा समेटिएकाे चलिचत्र ‘महाभोज’ को ट्रेलर सार्वजनिक
-
तीनकुने घटनाबारे आयोगको अनुसन्धान पूरा, केही दिनमै रिपोर्ट सार्वजनिक हुने
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
-
प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित