ब्रुकको शतकमा इंग्ल्याण्डको कमब्याक
लण्डन । कप्तान ह्यारी ब्रुकको शानदार शतकको मद्दतले इंग्ल्याण्डले डीएलएस मेथडको आधारमा अस्ट्रेलियालाई ४६ रनले पराजित गरेको छ । एक दिवसीय शृङ्खलामा टोलीको यो पहिलो जित हो । योसँगै शृङ्खला २–१ को अवस्थामा पुगेको छ ।
३ सय ५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ३७.४ ओभरमा ४ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो । वर्षाले खेल प्रभावित हुँदा टोली पार स्कोर २ सय ९ रनभन्दा धेरै अगाडि रहेको थियो ।
खेलमा टोलीको सुरुवात भने राम्रो हुन सकेन । फिल साल्ट शून्य रन बनाएर आउट भए भने अर्का ओपनर पनि ८ रन बनाउँदै पभिलियन फर्कन बाध्य भए ।
त्यसपछि कप्तान ब्रुकले विल ज्याक्ससँग मिलेर इंग्ल्याण्डको पारी सम्हालेका थिए । दुई जनाले १ सय ५६ रनको साझेदारी गरे ।
एकदिवसीयमा पहिलो शतक बनाउने क्रममा ब्रुक ९४ बलमा ११० रन बनाएर नटआउट रहे । उनले ९४ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।
ज्याक्सले ८२ बलमा ८४ रन जोडे । त्यस्तै, लियाम लिभिङस्टोन ३३ रन बनाएर नटआउट रहे । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र क्यामरुन ग्रिनले २–२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको थियो । टोलीका लागि विकेटकिपर एलेक्स केरीले सर्वाधिक ७७ रनको योगदान दिए ।
पूर्वकप्तान स्टिभन स्मिथले ६० रन बनाए भने एरन हार्डीले ४४ रन जोडे । क्यामरुन ग्रिनले ४२ रन तथा ग्लेन म्याक्सवेलले ३० रन बनाए ।
इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले २ तथा ब्रेडन कार्स, ज्याकब बेथेल, विल ज्याक्स र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।
पहिलो खेलमा अस्ट्रेलिया ७ विकेटले विजयी बनेको थियो भने दोस्रो खेल पनि ६८ रनले आफ्नो पक्षमा पारेको थियो । अब चौथो खेल अब शुक्रबार लर्डसमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण