ब्रुकको शतकमा इंग्ल्याण्डको कमब्याक

लण्डन । कप्तान ह्यारी ब्रुकको शानदार शतकको मद्दतले इंग्ल्याण्डले डीएलएस मेथडको आधारमा अस्ट्रेलियालाई ४६ रनले पराजित गरेको छ । एक दिवसीय शृङ्खलामा टोलीको यो पहिलो जित हो । योसँगै शृङ्खला २–१ को अवस्थामा पुगेको छ ।
३ सय ५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ३७.४ ओभरमा ४ विकेटको क्षतिमा २ सय ५४ रन बनाएको थियो । वर्षाले खेल प्रभावित हुँदा टोली पार स्कोर २ सय ९ रनभन्दा धेरै अगाडि रहेको थियो ।
खेलमा टोलीको सुरुवात भने राम्रो हुन सकेन । फिल साल्ट शून्य रन बनाएर आउट भए भने अर्का ओपनर पनि ८ रन बनाउँदै पभिलियन फर्कन बाध्य भए ।
त्यसपछि कप्तान ब्रुकले विल ज्याक्ससँग मिलेर इंग्ल्याण्डको पारी सम्हालेका थिए । दुई जनाले १ सय ५६ रनको साझेदारी गरे ।
एकदिवसीयमा पहिलो शतक बनाउने क्रममा ब्रुक ९४ बलमा ११० रन बनाएर नटआउट रहे । उनले ९४ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।
ज्याक्सले ८२ बलमा ८४ रन जोडे । त्यस्तै, लियाम लिभिङस्टोन ३३ रन बनाएर नटआउट रहे । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र क्यामरुन ग्रिनले २–२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ४ रन बनाएको थियो । टोलीका लागि विकेटकिपर एलेक्स केरीले सर्वाधिक ७७ रनको योगदान दिए ।
पूर्वकप्तान स्टिभन स्मिथले ६० रन बनाए भने एरन हार्डीले ४४ रन जोडे । क्यामरुन ग्रिनले ४२ रन तथा ग्लेन म्याक्सवेलले ३० रन बनाए ।
इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले २ तथा ब्रेडन कार्स, ज्याकब बेथेल, विल ज्याक्स र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।
पहिलो खेलमा अस्ट्रेलिया ७ विकेटले विजयी बनेको थियो भने दोस्रो खेल पनि ६८ रनले आफ्नो पक्षमा पारेको थियो । अब चौथो खेल अब शुक्रबार लर्डसमा खेलिनेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
-
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
-
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
-
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
-
महिमानलाई थुनामा राख्न रेशम चौधरीले दिएको निवेदनमाथि आज सुनुवाइ
-
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ