‘केन्द्रीय तथ्याङ्क कार्यालयको सर्वेलाई आधारशिला बनाएर राष्ट्र बैंक अगाडि बढ्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैले नीति निर्माण गर्छ भन्ने गुनासो आउने गरेको बताएका छन् ।
बुधबार उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक सम्बन्धमा छलफल एवं पत्रकार सम्मेलनमा उनले केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको सर्वेक्षणको सर्वेलाई नै आधारशिला बनाएर ८०, ८१ लाई आधार वर्षको रूपमा तय गरेर राष्ट्र बैंक अगाडि बढिरहेको बताए ।
उनले भने,‘राष्ट्र बैंकलाई धेरै आरोप लाग्ने गरेको छ मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैले नीति बनाउँछ, आफै लक्ष्य राख्छ, आफै मुद्रा सङ्कलन गर्छ, आफै वस्तु निर्धारण गर्छ, आफै सर्वे गर्छ भन्ने, तर अहिले त्यो सबै कार्य केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको जुन सर्वे छ त्यो सर्वेलाई टेकेर काम गरिरहेका छौ । त्यही सर्वेलाई टेकेर यो आधारशिला बनाएर यो वर्ष ८०, ८१ लाई आधार वर्षको रूपमा तय गरेर राष्ट्र बैंक अगाडि बढिरहेको छ ।’
उनले मूल्य सूचकाङ्क सार्वजनिकमा किन ढिलाइ भन्ने प्रश्न धेरैले गरेको भन्दै रफ तथ्याङ्क सार्वजनिक गर्दा विश्वासनियतामाथि नै प्रश्न उठ्ने भएकाले समय लगाएर भएपनि सही तथ्याङ्क सार्वजनिक गरेको बताएका हुन् ।
उनले भने,‘धेरै ले प्रश्न गरिरहनु भएको थियो । किन एक महिना मूल्य सूचकाङ्क सार्वजनिक गर्न ढिलो गर्नुभयो भनेर । एक महिना ढिलो नगरी हाम्रो तथ्याङ्क नै आउँदैन । रफ तथ्याङ्क हामीले सार्वजनिक गर्न थाल्यौँ भने त त्यो फेरि विश्वसनीयता हुँदैन । त्यसले थप हाम्रो विश्वासनीयतामा नै प्रश्न उठ्छ । त्यसैले अलिकति ढिलो गरेर भएपनि सही तथ्याङ्क नै ल्याउनुपर्छ ।’
हामीले गर्न खोजेको कतिपयहरू सबै पूर्ण हुँदैन ।अहिलेको प्रकृति एकदमै सफा छ । आत्मविश्वास कुनै पनि परिवर्तनका लागि बटुल्न निकै काम गरिराख्दा कुनै पनि पक्रियामा आत्मविश्वास बटुल्न एकदमै अप्ठ्यारो हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण