राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन्– रेशम चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका २६ जना नेता पार्टी छाडेर राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले एक वर्ष अगाडि कारबाहीमा परेकाहरूले पार्टी छाडेको दाबी गरेका छन् ।
उनले भने– ‘अहिले नागरिक उन्मुक्ति पार्टी छाडेको भन्नेहरूलाई एक वर्ष अगाडि नै पार्टीले कारबाही गरिसकेको थियो, पार्टीमा उहाँहरू हुनुहुन्न तर पार्टीको नाम बदनाम गराउने काम गरेको छ । उनीहरू हाम्रो पार्टीका होइनन् ।’
आफूलाई नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष भन्ने विजयकुमार यादव एक वर्षअघि नै पार्टी छाडेर अर्को कुनै पार्टीमा प्रवेश गरिसकेको उनले बताए । अहिले राष्ट्रिय मुक्ति क्रान्तिमा जाँदा नागरिक उन्मुक्ति पार्टी छाडेर आएको भन्नु त्यो सरासर गलत भएको संरक्षक चौधरीले बताए ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि त्यसरी पार्टी छाडेको बारेमा आफूलाई जानकारी नरहेको बताइन् । अस्वस्थताका कारण अस्पतालमा रहेकाले त्यसबारे आफूलाई जानकारी नरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण