भोलिदेखि नेपाल हस्पिटालिटी कन्क्लेभ हुने
काठमाडौँ । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण भोलिदेखि काठमाडौँमा हुने होटल संघ नेपालले जनाएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धनको उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलन असोज ११ गतेसम्म बूढानीलकण्ठस्थित लेमोन ट्रि प्रिमियर होटलमा हुनेछ ।
उक्त सम्मेलनले होटल सञ्चालक, लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय होटलहरुको नेतृत्वलगायत करिब २०० जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरुलाई एकै छानामुनि ल्याउने संघले जनाएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालका होटलहरुको वर्तमान अवस्था, समस्या एवं चुनौती, नयाँ चालचलन एवं अभ्यास, नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारी लगायतका विषयहरुमा घनिभूत छलफल हुनेछ ।
सम्मेलन होटल संघ नेपालसँगको सहकार्यमा बिनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको संयुक्त रुपमा आयोजना हुन लागेको हो । सम्मेलनमा उठेका विषयवस्तु स्वेतपत्र बनाएर सरकारी तथा सम्बन्धित निकायमा बुझाइने पनि होटल संघ नेपालले जनाएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण