शैक्षिक परामर्शदातृ संस्थाहरूलाई शिक्षा मन्त्रालयको तीन शर्त
काठमाडौँ । शैक्षिक परामर्शदातृ संस्थाहरूलाई शिक्षा मन्त्रालयको तीन शर्त पालना गर्न निर्देशन दिएको छ । शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा तथा पूर्वतयारी कक्षा सञ्चालन गर्न मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरूलाई परामर्श सेवा उपलब्ध गराउँदा र शैक्षिक मेला आयोजना गर्दा अनिवार्य पालना गर्ने गरी मन्त्रालयले तीन शर्त अघि सारेको हो ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार शैक्षिक परामर्शदातृ संस्थाहरूले नेपालका विश्वविद्यालयहरू, तिनमा पढाइ हुने कार्यक्रमहरू र नेपालमा प्राप्त हुने अवसरहरूको बारेमा परामर्श सेवा उपलब्ध गराउनुपर्ने छ ।
यस्तै, मेला सञ्चालनको अनुमति माग गर्दा निर्देशिकाले तोकेको प्रावधानका अतिरिक्त विगत एक वर्षमा परामर्श सेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीहरूको पूर्ण विवरण पेस गर्नुपर्ने छ ।
शैक्षिक मेला आयोजना गर्दा नवीकरण भएका वा मन्त्रालयमा नवीकरणका लागि प्रक्रिया पूरा गरेका संस्थाहरूमात्र सहभागी गराउने मन्त्रालयले प्रस्ट पारेको छ । परामर्श सेवामार्फत वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरू कुनै पनि समस्यामा परेको प्रामाणिक उजुरी प्राप्त भएमा मन्त्रालयबाट प्रदान गरिएको स्वीकृति तुरुन्त रद्द हुने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण