सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय
काठमाडौँ । अर्थ मन्त्रालय उच्चस्तरीय व्यवस्थापन समूहले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अर्थ सचिव रामप्रसाद घिमिरेको नेतृत्वमा बसेको बैठकमा राजश्व सचिव दिनेशकुमार घिमिरे, मन्त्रालयका सहसचिव र मन्त्रालय मातहतका सबै विभाग तथा कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको न्यूनतम कार्यक्रम पारित गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअघि सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले बनाएको कार्यदलले सोही दिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गरेको थियो ।
बैठकले एक सय दिनमा सम्पन्न गर्नुपर्ने कार्यक्रम, अन्तरमन्त्रालय समन्वय, राजस्व परिचालन, पुँजीगत खर्च, अर्थ मन्त्रालयको वार्षिक बजेटको कार्यान्वयन लगायतका विषयहरूलाई विशेष प्राथमिकता दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण