न्याय परिषद् नियमावली खारेजीको माग गर्दै बारको धर्ना, तस्बिरहरू
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली खारेजीको माग गर्दै धर्ना दिएको छ । बारले यसअघि गठन भएको कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरी न्याय परिषद्ले न्यायाधीश नियुक्ति अघि बढाएको भन्दै आन्दोलन सुरु गरेको हो ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विवाद मिलाउने भन्दै बार र न्याय परिषद्का मानिस संलग्न एक विवाद समाधान कार्यदल गठन गरेका थिए । वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठन भएको उक्त कार्यदलले दुई थरी प्रतिवेदन प्रधान न्यायाधीश श्रेष्ठलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा न्याय परिषद्का तर्फबाट सहभागी कार्यदलले नियमावली संशोधन गर्न नसकिने भनेको थियो भने बारले नियमावली खारेज हुनुपर्ने भनेको थियो ।
अलग–अलग प्रतिवेदन आएपछि प्रधान न्यायाधीश श्रेष्ठले सर्वोच्च र उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिको तयारी गरेका थिए । लगातार न्याय परिषद्को बैठक बसेपछि बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । बारले आफ्नै प्राङ्गगणमा आन्दोलन गरेको हो ।
_E1wwIo0VsN.jpg)
_0vELLB5OZe.jpg)
_cUsjH4tNNO.jpg)
_e9b4T1K39P.jpg)
_puDTiLv88r.jpg)
_Ut4L2K0jRm.jpg)
_R2tETmmvhS.jpg)
_Ub67vgrE23.jpg)
_gR6SH7oXcY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण