एनएमबि बैंकद्वारा दक्ष बैंकर उत्पादन गर्न छात्रवृत्तिको घोषणा
काठमाडौँ । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एनएमबि नेस्टजेन बैंकिङ लिडर्स स्कलरसीप’ को घोषणा गरेको छ ।
बैंकले काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरूलाई यो छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
विद्यार्थीहरूमा अग्रिम रूपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास बैंकले लिएको छ । यस छात्रवृत्तिको मुल उद्देश्य प्रतिभावान विद्यार्थीहरूमा लगानी गरी बैंकिङ्ग क्षेत्रको भविष्य सुनिश्चित गर्नु हो ।
विद्यार्थीहरूलाई बैंकिङ्ग क्षेत्रमा आवश्यक पर्ने सिप तथा ज्ञान प्रदान गर्दै भावी दक्ष बैंकरहरु उत्पादन गरी बैंकिङ्ग क्षेत्रको विकासमा टेवा पुर्याउने लक्ष्य बैंकले लिएको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण