काठमाडौँका १२ ठाउँमा यात्रु सहायता कक्ष
शुक्रबार, ११ असोज २०८१, १३ : ५५
काठमाडौँ । दसैँ र तिहारमा काठमाडौँबाट बाहिरिने यात्रुहरूलाई सहजीकरण गर्न काठमाडौँका १२ ठाउँमा सहायता कक्ष स्थापना गरिएको छ । कलङ्की, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु र गौशालामा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
उनका अनुसार चाबहिल, कोटेश्वर र हलचोकमा पनि सहायता कक्ष तयार भएको छ । अन्य दुई स्थानमा सहायता कक्ष तयार गर्ने गरी काम भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
सहायता कक्षमा खटिने सुरक्षाकर्मीले टिकटमा देखिने समस्या र अलपत्र यात्रुहरूलाई गन्तव्यमा पठाउन सहजीकरण गर्छन् । एसपी अधिकारी भन्छन्– ‘टिकटमा हुने कालाबजारी नियन्त्रणमा पनि सहायता कक्षमा खटिने प्रहरीको भूमिका हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण