सहकारी ठगी प्रकरण : जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
शुक्रबार, ११ असोज २०८१, १६ : ३६
काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम ठगीको कसुरमा पक्राउ परेका पूर्व डीआइजी र गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
शुक्रबार जिल्ला अदालत कास्कीले जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले उनीमाथि अनुसन्धान नसकिएले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको बताए । थप म्याद पाएसँगै अनुसन्धानलाई तीव्र पारिएको उनको भनाइ छ ।
जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोप छ । आइतबार पक्राउ परेका उनी गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने र जीबी राईसँगै पार्टनर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण