सहकारी ठगी प्रकरण : जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
शुक्रबार, ११ असोज २०८१, १६ : ३६
_nOkxbMmvLO.jpg)
काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम ठगीको कसुरमा पक्राउ परेका पूर्व डीआइजी र गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
शुक्रबार जिल्ला अदालत कास्कीले जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले उनीमाथि अनुसन्धान नसकिएले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको बताए । थप म्याद पाएसँगै अनुसन्धानलाई तीव्र पारिएको उनको भनाइ छ ।
जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोप छ । आइतबार पक्राउ परेका उनी गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने र जीबी राईसँगै पार्टनर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश