नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित

काठमाडौँ । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ । विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई सम्मानित गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, राज्यमन्त्री अरुणकुमार चौधरी तथासचिव डा.गणेश प्रसाद पाण्डेयको समुपस्थितीमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले उक्त सम्मानपत्र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरे ।
निगमले १ अगष्ट, २०२३ देखि ३१ अगष्ट, २०२४ को अवधिमा सबैभन्दा बढि विदेशी मुद्रा १० करोड ८० लाख ४० हजार ८ सय ७६ अमेरिकी डलर आर्जन गरि देशमा विदेशी मुद्रा सञ्चिती बढाउन उल्लेखनीय योगदान पुर्याएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । आगामी दिनमा पनि आफ्नो कारोबार बढाई राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन थप योगदान गर्दै जानेमा निगमले विश्वास लिएको छ ।
निगमले यस्ता सम्मानबाट निगमको व्यापारलाई बढाउन अझै हौसला मिलेको पौडेलको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारले उपहारमा दिने लग्जरी बोइङ जेट स्वीकार गर्ने तयारीमा ट्रम्प, एयर फोर्स वनको रूपमा नचलाउने
-
अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार
-
शक्तिशाली सरकारलाई फेसबुक र एक्सले टेरेनन्ः चार वटा मात्रै सूचीकृत
-
लुम्बिनी प्रदेशको बजेट कार्यान्वयनको अवस्था, अवरोध र समाधान
-
लुम्बिनी सरकार बर्सेनि बजेटको आकार घटाउने दबाबमा
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत