पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु
पोखरा । पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा ६ गौरीघाटमा करेन्ट लागेर खेमबहादुर पौडेल (मंगल)को मृत्यु भएको हो ।
उनलाई तार पन्छाउने क्रममा करेन्ट प्रवाह भएको र त्यसलाई फाल्दा घाँटी र ज्यानमा बेरिएको श्रीमती जानुका पौडेलले बताइन् । ‘करेन्ट लागेपछि तार फाल्नुभयो । तर उक्त तार उल्टै ज्यानमा बेरियो र उहाँ ढल्नुभयो,’ उनले भनिन्, ‘मैले चिच्याएँ । केही बेरपछि उद्धार गरेर उपचारका लागि अस्पताल लग्यौँ, बचाउन सकेनौँ ।’
असोज १ गते करेन्ट लागेर ढलेका उनको ९ दिनसम्म मणिपाल शिक्षण अस्पतालमा उपचार भएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । इन्टरनेट सेवा प्रदायकको लापरबाहीले मङ्गलको मृत्यु भएको परिवारको आरोप छ । ‘घटना लगत्तै कास्की प्रहरीमा ठाडो उजुरी दियौँ । यत्रो दिनसम्म प्रहरीले कारबाही अघि बढाएको छैन,’ उनी भन्छिन्, ‘प्रहरीले मुचुल्का मात्रै तयार गरेको छ । थप प्रक्रिया अघि बढेन ।’
खेमका भाइ भरतबहादुर पौडेलका अनुसार इन्टरनेटको तारमै हाइ भोल्टेज विद्युत् प्रवाह भएको थियो । ‘हामीलाई सबै जानकारी हुँदैन । सम्भवतः तारमै हाइ भोल्टेज करेन्ट प्रवाह भएको हुनसक्छ । नभए पनि उक्त तार कतै छोइएर करेन्टमा जोडिएको होला,’ उनी भन्छन्, ‘चाहे जे होस्, दोषीमाथि कारबाही हुनुपर्छ । हामीले कारबाही माग गरेको हो, प्रहरीले वास्तै गरेन ।’
विद्युत् तारका कारण ज्यान गएपछि पोखरामा रहेका पर्यटन सम्बद्ध संघ संस्था र नागरिक समाजले पनि घटनाको विरोध गरेका छन् भने दोषीमाथि कारबाहीको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण