झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
बुटवल । बुटवलबाट काठमाडौँका लागि छुटेको वीङ्गर धादिङको झ्याप्ले खोलामा दुर्घटनामा हुँदा मृत्युु हुने अधिकांश यात्रु रुपन्देहीका हुनसक्ने अनुमान गरिएको छ ।
हिजो (शुत्रबार) बिहान ८ बजे बुटवलको ट्राफिक चोकबाट काठमाडौँका लागि छुटेको लु १ ज ४५७८ नम्बरको वीङ्गर गाडी त्रिभुवन राजपथमा पर्ने नागढुंगा–नौबिसे सडक खण्डमा आएको पहिरोमा परेको थियो । सो पहिरोमा परेर १४ जना यात्रुको ज्यान गएको थियो ।
सो गाडीमा १३ जना बुटवलबाट र १ जना नारायणगढबाट चढेको यात्रु हुनसक्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी बिजय पण्डितले भने बुटवलबाट गएको सवारी भए पनि यात्रुहरूको नाम र ठेगाना खुली नसकेको रातोपाटीलाई बताए।
पश्चिम नेपाल बस प्रालिका निर्देश रामचन्द्र भुसालले टिकट काउन्टर ३ जनाले मात्रै टिकट लिएको र अरू बुटवलको चोराहाबाट चढको बताए।
उनले चालक रमेश लुइँटेल रुपन्देही निकावी भएको समेत बताए। यस्तै बुटवलका प्रकाश कुँवरले ३ जनाको टिकट लिएको उनले बताए । अरू यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट नाम र ठेगाना पत्ता लगाउन समस्या भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण