‘ज्वाइँ साब’ अमेरिकामा पनि प्रदर्शन हुने
काठमाडौँ । दशैंको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने भएको छ । फिल्म अमेरिका प्दशर््न अधिकार बिक्री भएसँगै प्रदर्शन निश्चित भएको हो ।
फिल्मको अमेरिका निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अधिकार लिएको छ । पोखरेलका अनुसार फिल्म अक्टोबर ११ शुक्रबार (अमेरिका)का दिन अमेरिकाको टेक्स, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, न्यू हेम्प्सायरलगायतका सहरमा सय बढी शोमा फिल्म प्रदर्शन हुनेछ ।
फिल्मका निर्देशक वसन्त निरौलाले फिल्मको अधिकार क्यानडा, यूके र जापानमा पनि बिक्री भएको बताए । फिल्मको पोस्टर, टिजर, गीत र पछिल्लो पटक टिकटकमा सार्वजनिक क्लाइमेक्स दृश्यले फिल्मप्रति विदेशमा बस्ने नेपालीको चासो ह्वात्तै बढाएको उनको भनाई छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।
मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण