सेवा पुनर्स्थापनाको प्रयास जारी छ : नेपाल टेलिकम
आइतबार, १३ असोज २०८१, १५ : १२

काठमाडौँ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरिका विभिन्न स्थानहरूमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरू अवरुद्ध हुन गएको छ ।
विद्युत् आपूर्तिमा रोकावट भई नेपाल टेलिकमका बीटीएस टावरहरू बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरू समेत अवरुद्ध भएको अवस्थामा प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेको कम्पनीले जानकारी दिएको हो ।
धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भैसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको कम्पनी भनाई छ । ‘अप्रत्याशित दैवीप्रकोपका कारणले सिर्जित आपत्तिजनक परिस्थितिमा सेवा अवरुद्ध भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संसदीय अभ्यासलाई पारदर्शी र जनमुखी बनाउन प्रेस जगतको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल
-
'एकता महाधिवेशन'मा हाम्रो संलग्नता छैन : बद्री केसी पक्ष
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
एमालेले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?