आईफा २०२४ मा रणवीरको एनिमल सर्वश्रेष्ठ फिल्म
नयाँदिल्ली । इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड २०२४ (आइफा)मा बलिउड अभिनेता रणवीर कपुरको फिल्म एनिमल सर्वश्रेष्ठ फिल्म घोषित भएको छ । बलिउडका बादशाह शाहरुख खानले सञ्चालन गरेको कार्यक्रममा हेमा मालिनी, रेखा, शाहरुख खान, रानी मुखर्जी, अनिल कपूर, बबी देओल, विक्की कौशल, शाहिद कपुर र कृति सेनन जस्ता स्टारहरूको उपस्थिति रहेको थियो ।
आफ्नो अनौठो शैलीले उनले दर्शकहरूको खुबै मनोरञ्जन गराए । मञ्चमा उनीसँगै विक्की कौशल र करण जोहर पनि देखिएका थिए । यसका साथै किङ खानले ‘झुमे जो पठान’ मा शानदार डान्स गरेर दर्शक दीर्घाको मनोरञ्जन गरेका थिए । आइफा २०२४ को विजेताको सूची
१. उत्कृष्ट फिल्म (भूषणकुमार, कृष्ण कुमार, प्रणय रेड्डी वांगा) – एनिमल
२. सर्वश्रेष्ठ निर्देशन (विधु विनोद चोपडा) – १२ वीं फेल
३. सर्वश्रेष्ठ अभिनेत्री (रानी मुखर्जी)– श्रीमती चटर्जी बनाम नर्वे
४. सर्वश्रेष्ठ अभिनेता (शाहरुख खान) – जवान
५. सर्वश्रेष्ठ सहायक भूमिका (महिला) शबाना आजमी – रकी और रानी की प्रेम कहानी
६. सर्वश्रेष्ठ सहायक भूमिका (पुरुष) अनिल कपूर – एनिमल
७. नकारात्मक भूमिका (बबी देओल) –एनिमल
८. संगीत निर्देशन (प्रितम, विशाल मिश्र, मनन भारद्वाज, श्रेयस पुराणिक, जानी, भूपेन्द्र बब्बल, आशिम केमसन, हर्षवर्धन रामेश्वर)– एनिमल
९. पाश्र्व गायक (भूपिन्द्रर बब्बल) अर्जन वैली– एनिमल
१०. पाश्र्व गायिका (महिला) (शिल्पा राव) चलेया– जवान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण