सानिमा बैंकलाई आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्रदान
आइतबार, १३ असोज २०८१, १७ : ४६
काठमाडौँ । सानिमा बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आईटी सेवाहरू प्रदान गर्न बैंकको सूचना प्रविधि र सूचना प्रविधि सम्बन्धी सेवाहरूका लागि प्रतिष्ठितआईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ।
बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राखेको र यो प्रमाणीकरण सूचना सुरक्षा र डाटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा बैंकले प्राप्त गरेको विद्यमान प्रमाणीकरणको स्तरवृद्धि भएको जनाएको छ।
प्रतिष्ठित AMTIVO समूहले उक्त प्रमाणपत्र विभिन्न प्रक्रिया पूरा भएपछि प्रदान गरिएको थियो । आईएसओ २७००१:२०२२ प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणालीको कठोर मूल्याङ्कन समावेश गर्ने बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण