सहकारी ठगी प्रकरण
छविलाल जोशीको बयान सकियो
आइतबार, १३ असोज २०८१, १९ : ४३
_GSD2pZm5Km.jpg)
पोखरा । सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको उपस्थितिमा कास्की प्रहरीले उनीसँग बयान लिएको हो ।
‘अहिलेका लागि बयान सकिएको छ । यही बयानका आधारमा अदालतमा पेस गर्छौं,’ कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने, ‘आवश्यक पर्यो भने फेरि पनि थप बयान लिन सकिन्छ ।’ जोशीलाई सुरुमा ५ दिनको म्याद दिइएको थियो ।
बयान र अनुसन्धान नसकिएको भन्दै थप ७ दिन म्याद थपिएकोमा बयान पूरा भएको थापाले बताए । उनलाई असोज ६ गते काठमाडौँबाट पक्राउ गरेर जहाज मार्फत पोखरा ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे