सोमबारसम्म २० प्रतिशत मात्रै टिकट बुकिङ
काठमाडौँ । शनिबारदेखि खुला गरिएको दसैँका लागि अग्रिम टिकट बुकिङ सोमबार बिहानसम्म २० प्रतिशत मात्रै भएको छ । अनलाइन माध्यम र टिकट काउन्टरमै पुगेर करिब ४ लाखले टिकट बुकिङ गरेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
‘घटस्थापना सुरु हुन अब ३ दिन बाँकी छ । अघिल्ला वर्षहरूमा यतिबेला टिकट बुकिङ सकिएर नपाइने समस्या हुन्थ्यो,’ उनले भने, तर अहिले जम्मा २० प्रतिशत मात्रै टिकट बुकिङ भएको छ ।’ गत वर्षको तुलनामा यो वर्ष धेरै कम टिकट बुकिङ भएको उनले बताए । अघिल्लो वर्ष यो अवधिमा झन्डै शतप्रतिशत नै टिकट बुक भइसकेको उनको भनाइ छ ।
‘बाढी पहिरोका कारण धेरै मानिसहरू त्रसित छन् । अहिले धेरैजसो राजमार्गहरू सञ्चालनमा पनि आएका छैनन्,’ सिटौलाले भने, ‘बाटो बन्दैन कि भन्ने त्रासले टिकट काट्न छाडेका छन् ।’ यस्तै उनले चाडपर्वको मुखमा बाढी पहिरोले बाटो बन्द हुँदा यातायात व्यवसाय धरासी बनेको र सरकारले तत्काल बाटो मर्मत गरी यातायात सञ्चालन गर्न सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण