पुराना स्मार्टवाच नयाँ मोडेलहरूसँग साट्न सकिने
काठमाडौँ । ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्तीसपुतलीमा हुने जनाइएको छ ।
नेपालमा स्मार्टवाचहरूको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेर गर्न लागिएको मेलामा सहभागीहरूले पुराना स्मार्टवाचहरू नयाँ मोडेलहरूसँग साट्न सक्नेछन् । साथै नयाँ खरिदमा पनि विशेष छुटहरू र रोमाञ्चक खेलहरूमा भाग लिई उपहार जित्ने अवसर प्रदान गरिने आयोजककाे भनाइ छ ।
ब्रदरमार्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत अशेष प्रसाईले भने,
"यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना हुँदैछ। नेपालमा १० लाखभन्दा बढी स्मार्टवाचहरू पहिले नै बिक्री भइसकेका छन् र हामी यस क्षेत्रमा अग्रणी ई-कमर्स प्लेटफर्म हौं। स्मार्टवाचको बजार द्रुत रूपमा विस्तार भइरहेको छ । मलाई लाग्छ यस्तो कार्यक्रमको यो सही समय हो।"
१० हजारभन्दा बढी आगन्तुकहरू र ५ लाखभन्दा धेरै डिजिटल पहुँच हुने मेलामा धेरै लोकप्रिय स्मार्टवाच ब्रान्डहरूको सहभागिता रहने उनको भनाइ छ । सहभागीहरूले विभिन्न ब्राण्डहरुमा विशेष अफरहरू, उपहारहरू र अन्तरक्रियात्मक गतिविधिहरूको मज्जा लिन सक्नेछन् । जसले गर्दा प्रविधिप्रेमीहरूका लागि आफ्ना स्मार्टवाचहरु अपडेट गर्ने र स्मार्टवाच उद्योगका नयाँ प्रयोगहरु अवलोकन गर्ने अवसर हुने प्रसाईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण