तरुण दलले दुर्गा मन्दिर परिसर सरसफाइ गर्ने
सोमबार, १४ असोज २०८१, १८ : ००
काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले डुबान क्षेत्र प्रभावित ललितपुर महानगरपालिका वडा न. १८ को आदित्यनाथ टोल दुर्गा मन्दिर परिसर (मेडिसिटी अस्पताल नजिकै) फोहोर सरसफाइ गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टी महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बाढी पीडित राहत तथा पुनर्स्थापना समितिको बैठकले तरुण दललाई सरसफाइ गर्ने जिम्मेवारी दिएको थियो । सोही निर्णय बमोजिम उसले सरसफाइ आयोजना गरेको हो ।
उपत्यकामा उपस्थित केन्द्रीय सदस्य ,जिल्ला कार्यसमिति अध्यक्ष लगायत तरुण सदस्यहरूलाई मंगलबार (भोलि) ७ बजे तरुण पोसाकसहित उक्त स्थानमा उपस्थित हुन कार्यालय मुख्य सचिव ठान प्रसाद पोखरेलले विज्ञप्ति जारी गरेर निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण