लेबनानमा स्थल कारबाही सुरु गर्दै इजरायल
मङ्गलबार, १५ असोज २०८१, ०९ : ५८
तेल अभिभ । इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गर्न लागेको पुष्टि गरेको छ । यो 'स्थानीय, सीमित र लक्षित' हुने इजरायलले बताएको हो।
केही हेलिकप्टरहरू हाल उत्तरी इजरायलमा गस्ती गरिरहेका छन्। यसबाहेक केही टाढाबाट गोली चलेको आवाज पनि सुनिएको छ।
गत राति धेरै ठुला विस्फोटको आवाज सुनिएको बीबीसी जानकारी दिएको छ । यो स्थल कारबाही कति ठुलो हुने वा कस्तो अभियान चल्छ भन्ने अझै स्पष्ट भएको छैन। केही दिनदेखि त्यहाँ सैनिक भेला हुन थालेका थिए भने सीमाबाट अलि पर दुई दर्जन ट्याङ्क देखिएका थिए ।
इजरायलले विगत केही हप्ताहरूमा हिजबुल्लाहलाई लक्षित ठुलो हवाई आक्रमण गरिरहेको छ । तर यस प्रकारको स्थल आक्रमण भने फरक प्रकारको युद्ध हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण