हवाई उडान सर्वसुलभ बनाउन माग गर्दै नेविसंघको पाँच बुँदे ध्यानाकर्षण
मङ्गलबार, १५ असोज २०८१, १२ : २३
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे समझ ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
सङ्घका अध्यक्ष दुजाङ शेर्पाले दिएको जानकारी अनुसार आज मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराइएको हो । आफूहरूले बाढी पहिरोका कारण मुख्य राजमार्ग एवं सडकमार्ग समेत अवरुद्ध भएको अवस्था र चाडपर्वलाई मध्यनजर गर्दै आन्तरिक उडानमा ‘अपर फेयर’ लागू नहुने गरे भएको निर्णयलाई निरन्तरता दिन माग गरिएको उनले बताए ।
यस्तै‚ चाडबाडका बेला सडकको पहुँच नभएका खासगरी हिमाली तथा दुर्गम जिल्लाका जनताको आवश्यकतालाई मध्यनजर गर्दै हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन पनि ध्यानाकर्षण गरिएको उनले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण