सरकारलाई राज्यव्यवस्था समितिको चार बुँदे निर्देशन
मङ्गलबार, १५ असोज २०८१, १४ : २७

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो र डुबानपछि सरकारले तत्काल गर्नुपर्ने कामहरूबारे चार बुँदे निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले सम्भव भएसम्म सबै उपायहरू अवलम्बन गरेर राहत, पुनर्स्थापनाका काम तदारुकताका साथ अघि बढाउन, हवाई भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्था गर्न, सडकमा अलपत्र यात्रुको उद्धार गर्न र वर्षाका कारण नष्ट भएका सिँचाइ, कुलोहरू, पिउने पानी, विद्युत्, टेलिफोन र सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकीमा सुधार ल्याउन र घाइतेहरूको उपचार सहज बनाउन निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट