सरकारलाई राज्यव्यवस्था समितिको चार बुँदे निर्देशन
मङ्गलबार, १५ असोज २०८१, १४ : २७
काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो र डुबानपछि सरकारले तत्काल गर्नुपर्ने कामहरूबारे चार बुँदे निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले सम्भव भएसम्म सबै उपायहरू अवलम्बन गरेर राहत, पुनर्स्थापनाका काम तदारुकताका साथ अघि बढाउन, हवाई भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्था गर्न, सडकमा अलपत्र यात्रुको उद्धार गर्न र वर्षाका कारण नष्ट भएका सिँचाइ, कुलोहरू, पिउने पानी, विद्युत्, टेलिफोन र सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकीमा सुधार ल्याउन र घाइतेहरूको उपचार सहज बनाउन निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण