पदाधिकारीको एक तहलाई अन्याय परेको तर्क गर्न आवश्यक छैन : सरल सहयात्री
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले अखिल क्रान्तिकारीको नियमित सम्मेलन नहुँदा पदाधिकारीको एक तहलाई अन्याय परेको भनेर तर्क गर्नुपर्ने आवश्यक नभएको बताएका छन् ।
मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमार्फत सङ्गठनात्मक इतिहासमा यस्तो हुने भन्दै उनले त्यसलाई व्यक्तिगत रूपमा लिन नहुने स्पष्ट पारेका हुन् । उमेर हदको विषय विद्यार्थी सङ्गठनमा भन्दा पहिला पार्टीमा लगाउनुपर्ने तर्क बलियो भएको पनि उनले लेखेका छन् ।
‘समय समयमा लगातार सम्मेलन नहुँदा पदाधिकारीको एकतहलाई अन्याय परेको विषयमा कुनै तर्क गर्नुपर्ने आवश्यकता छैन । सङ्गठनात्मक इतिहासमा यस्तो हुँदोरहेछ । यसलाई व्यक्तिगत रूपमा कसैले लिनुहुँदैन । उमेर हदको विषय पहिले पार्टीमा लगाऊ भन्ने तर्क पनि बलियो छ । यो असान्दर्भिक पनि छैन’, उनले लेखेका छन् ।
तर विद्यार्थी नदी भएकाले यथास्थानमा क्षणभर नरही आवाजका साथ सागर भेट्ने वर्ग भएको उनको भनाइ छ । यस्तै विद्यार्थीको आवाज पार्टीमा जरुरी भएकाले उमेर हदमा निर्वाचन गर्न दिन आग्रह गरेका छन् । कम उमेरका विद्यार्थीलाई नेतृत्व गर्ने वातावरण बनाउनका लागि मद्दत गर्न उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण