काष्ठमण्डपले जित्यो दोहोरो उपाधि
काठमाडौँ । आयोजक काष्ठमण्डप विद्यालयले दोस्रो काष्ठमण्डप कपमा मंगलबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप सिनियर ब्वाइज र जुनियर ब्वाइजको फुटसल प्रतियोगितामा च्याम्पियन बनेको हो ।
सिनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौँ प्रज्ञाकुञ्ज स्कुललाई ४–० गोलले पराजित गर्यो । काष्ठमण्डपका मानव सुब्बाले दुई तथा अविग्नसिंह ठकुरी र कृयश सापकोटाले समान १–१ गोल गरे । मानव प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भए । काष्ठमण्डपकै रोनक प्रधान उत्कृष्ट गोलरक्षक चुनिए ।
यसैगरी, जुनियर ब्वाइज फाइनलमा काष्ठमण्डपले रातो बंगलालाई ६–२ गोलले हरायो । काष्ठमण्डपका लागि सहज ढकालले ह्याट्रिकसहित चार गोल गरे । गिरिश घिमिरेले दुई गोल थपे । सहज उत्कृष्ट खेलाडी घोषित भए । काष्ठमण्डपका आरम्भ श्रेष्ठ उत्कृष्ट गोलरक्षक ठहरिए ।
यसैगरी, फुटसलकै सिनियर गल्र्सतर्फको उपाधि काठमाडौँ वर्ल्ड स्कुलले जित्यो । उपाधि भिडन्तमा काठमाडौँ वर्ल्ड स्कुलले जोन डेवीलाई सडन डेथमा पाखा लगायो । निर्धारित समयको खेल १–१ बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । जोन डेवीकी रियान्सी त्रिपाठी उत्कृष्ट खेलाडी र काठमाडौँ वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलरक्षक बने ।
यसैगरी, बास्केटबलमा टीआईए र एनसीसीएसले उपाधि जिते । टीआईए ब्वाइज र एनसीसीएस गल्र्समा पहिलो भए । ब्वाइजको फाइनलमा टीआईएले विल्सन एकेडेमीमाथि ४५–४४ अङ्कको कठिन जित दर्ता गर्यो ।
गल्र्सतर्फको उपाधि भिडन्तमा भने एनसीसीएसले काष्ठमण्डपलाई २७–२१ अङ्कले पराजित गर्यो । ब्वाइजमा टीआईएका रोशन नगरकोटी तथा गल्र्समा एनसीसीएसकी दिभा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल एवं निर्देशक डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक ईला पियालगायतले पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२ र सिनियर गल्र्समा आठ टोलीले प्रतिस्पर्धा गरेको जानकारी काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले दिए । फुटसलको सिनियर ब्वाइजमा र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा आठ टोली सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण