इरानले इजरायलमा मिसाइल हान्न सक्ने चेतावनीपछि तेलको मूल्य बढ्यो
मङ्गलबार, १५ असोज २०८१, २१ : ३०

वासिङ्टन । अमेरिकी अधिकारीहरूले इरानले इजरायलमा मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको बताएका छन् । यो खबर बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ । यो वृद्धि करिब तीन प्रतिशत हो ।
पछिल्लो एक वर्षमा मध्यपूर्वमा बढ्दो तनावका बिच ऊर्जा बजारमा शान्ति देखिएको थियो, चाहे त्यो इजरायली हमला होस् वा हुथी विद्रोहीको आक्रमण। धेरै समाचार एजेन्सीका अनुसार अमेरिकाले इरानले इजरायल विरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको सङ्केत प्राप्त गरेको समाचार प्रकाशित गरेका छन् । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले भने हाल इरानबाट कुनै पनि हवाई खतरा नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा
-
भिजिट भिसा प्रकरणमा रास्वपाको बटमलाइन : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, प्रधानमन्त्रीले जवाफ
-
राजसंस्था फर्काउन भोलि सिफल चौरमा आन्दोलन गरिँदै
-
पर्सामा एक कामदारको मृत्यु
-
मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने
-
सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा सम्बन्धी विधेयक बहुमतबाट पारित