लेवनानमा स्थलगत कारबाहीका लागि इजरायलले पठायो थप सेना
बेरुत । इजरायलले लेवनानमा भूमिगत सैन्य कारबाहीका लागि थप सेना पठाएको छ । मङ्गलवार मात्रै उसले यो कारबाहीको घोषणा गरेको थियो । दक्षिणी लेबनानमा हिजबुल्लाहका गढहरूमा सीमित र लक्षित कारबाही गर्न अतिरिक्त बल इजरायल डिफेन्स फोर्स (आईडीएफ)ल पठाएको बताएको छ । यी सेनाहरू भूमिगत कारबाहीमा हुने बताइएको छ ।
यसअघि हिजबुल्लाहले लेबनानमा आफूले इजरायली सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो । बुधवार बिहान इजरायली सेनासँग झडप भएको समूहले एक विज्ञप्तिमा भनेको थियो । इजरायली सैनिक अदाइसेह सहरमा प्रवेश गरिरहेका थिए । आफ्ना लडाकुहरूले इजरायली गस्तीको सामना गरेर यसलाई तितरवितर पारेर पछि हट्न बाध्य पारेको हिजबुल्लाहले भनेको थियो ।
इजरायली सेनाले हिजबुल्लाहको यो दाबीबारे केही भनेका छैन । आईडीएफले मङ्गलवार चाहिँ आफूहरूले दक्षिणी लेबनानमा हिजबुल्लाह आतंककारीहरूको ठेगानालाई लक्षित गर्ने बताएको थियो । उत्तरी इजरायलको सीमामा बसोबास गर्ने मानिसहरूलाई हिजबुल्लाहले यहाँबाट आक्रमण गर्ने गरेको भन्दै आईडीएफले सैन्य कारबाही सीमित क्षेत्रमा हुने र निशाना सीमावर्ती गाउँहरूमा हुने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण