ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आशंकामा एकजना नियन्त्रणमा
काठमाडौँ । ललितपुर जिल्ला अदालतभित्र मोबाइल चोरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका घर भएका ४६ वर्षीय किसन खत्री छन् ।
उनलाई सिसिटिभी फुटेको आधारमा प्रहरीले नियन्त्रणमा लिएको ललितपुर जिल्ला अदालतका प्रवक्ता रामसजीवन महतोले रातोपाटीलाई बताए । उनले यसअघि सेवाग्राहीको दुईवटा मोबाइल चोरेको आशंका छ । सेवाग्राही र कानुनी व्यवसायीसँग कुरा गर्दै भिडको मौका छोपेर उनले मोबाइल चोर्ने गरेको सिसिटिभी फुटेजको दृश्यबाट आकलन गरिएको छ ।
आरोपीको साथमा मोबाइल फेला नपरेको ललितपुरका एसएसपी शेखर खनालले बताए । उनले भने, ‘पहिले दुईवटा चोरेको आशंका छ, हामी अनुसन्धान गर्दै छौँ ।’
यसअघि मोबाइल चोरी हुने गरेको गुनासो आएपछि प्रहरीले शंकास्पद रूपमा बारको गेटबाट आरोपी प्रवेश गरेपछि फलो गरेको थियो । हुलियाको आधारमा अनुसन्धानका लागी नियन्त्रणमा राखिएको एसएसपी खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण