नेविसंघको समन्वयमा ‘पेड इन्टर्नसिप’सम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौँ। नेपाल विद्यार्थी संघको समन्वयमा बुधबार कानुन पढ्ने विद्यार्थीका लागि ‘पेड इन्टर्नसिप’ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
त्रिभुवन विश्वविद्यालय कानुन सङ्कायका डीन डा कृष्णप्रसाद बस्यालको उपस्थितिमा इच्छुक ल फर्म र नेपाल ल क्याम्पसका क्याम्पस प्रमख श्यामबहादुर कार्कीबीच सम्झौतामा हस्ताक्षर भएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।
उक्त सम्झौतापत्रमा समन्वयकर्ता एवं साक्षीका रूपमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेका छन् ।
यस ‘पेड कार्यक्रम इन्टर्नसिप’ सम्झौतापछि ल फर्ममा काम सिक्न चाहने कानुन अध्ययनरत विद्यार्थीहरूले पारिश्रमिकका रुपमा मासिक एक हजार ५०० हजार प्राप्त गर्नेछन् ।
इञ्जिनियरिङ संकाय, मानविकी संकायपछि कानुन संकायमा नेपाल नेपाल विद्यार्थी संघको समन्वयमा बुधबार कानुन पढ्ने विद्यार्थीका लागि ‘पेड इन्टर्नसिप’सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण