ओमानविरुद्ध नेपाललाई ५६ रनको जित
काठमाडौँ । क्यानडामा जारी टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।
बुधबार ओन्टेरियोमा भएको खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकाल्यो। यो सिरिजमा नेपालले घरेलु टोली क्यानडासँग दुवै खेलमा हार बेहोर्दा ओमानलाई भने निरन्तर पराजित गर्यो ।
नेपाल यो जितसँगै चार अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रन जोड्दै अलआउट भयो।
अंक तालिकामा दोस्रो स्थानमा रहेको क्यानडाको पनि चार अंक छ। रनरेटमा क्यानडा पछि परेको हो । तेस्रो स्थानको ओमानको दुई अंक छ। अब अन्तिम खेलमा ओमानले क्यानडालाई हराए नेपालको सिरिज जित्ने सम्भावना रहनेछ ।
बुधबारको खेलमा ओमानका लागि जीसन मक्सुदले ३५ रन र अकिब इल्यासले २२ रन जोडे। बलिङमा नेपालका कुशल भुर्तेलले ३ विकेट लिए। उनले १.५ ओभरमा १० रन मात्र खर्चिए। सन्दीप लामिछाने, रोहित पौडेल र रिजन ढकालले २-२ विकेट लिए।
त्यसअघि नेपालले ओमानविरूद्ध ७ विकेटको क्षतिमा १५७ रन जोड्यो। टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे।
उनले नटआउट ५६ रन जोडे। रोहितले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। सोमपाल कामी ३ रनमा नटआउट रहे।
त्यसअघि सुरुवाती पाँच बल खेलेका ओपनर अनिलकुमार साह एक चौका र एक छक्का प्रहार गर्दै ११ रनमा आउट भए। अर्का ओपनर आसिफ शेखले १४ बलमा १६ रन र देव खनालले १८ बलमा १८ रनको योगदान गरे।
कुशल मल्ल २६ बलमा १९ रन जोड्दा कुनै बाउन्ड्री प्रहार नगरी आउट भए।
गुल्सन झा २ रन र दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भएका थिए। कुशल भुर्तेलले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोड्न सके। बलिङमा ओमानका फयज बटले ३ विकेट लिए।
उनले चार ओभरमा २३ रन रन खर्चिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण