लन्डनमा नेपाली सेलिब्रेटीले सुनाए सङ्घर्ष र सफलताको कथा
लन्डन । बेलायतको नेपाली समुदायमा यसअघि हुनेगरेकाे भन्दा भिन्न कार्यक्रम सम्पन्न भयो । नेपालबाट आएका प्रभावशाली व्यक्तित्वहरूमाझ तन्नेरी पुस्ताले व्यवसाय र उद्यमसम्बन्धी आफ्ना नयाँ सोच र अवधारणा साटासाट गरे।
युवा प्रपर्टी व्यवसायी निक धिमाल र उनको टीमले आयोजना गरेको तेस्रो ‘इन्सपाएर एक्स’ नामक बिजनेस इभेन्टलाईउनीहरुले नेटवर्किङ र अनुभव आदानप्रदानका लागि सदुपयोग गरे ।
कार्यक्रमको आकर्षण थिए नेपालबाट आएका अभिनेत्री मनीषा कोइराला, पूर्व मिस नेपाल शृङ्खला खतिवडा र नेपाली बैङ्किङ जगतका एक प्रभावशाली सिइओ अनिलकेशरी शाह ।
विशेष वक्ताका रूपमा उनीहरुले आफ्नो सफलताका कथा मात्रै सुनाएनन्, तन्नेरी पुस्ताका नयाँ सोच र अवधारणा सुनेर हौसला पनि प्रदान गरे ।
अभिनेत्री कोइरालाले क्यान्सर रोगपछिको मानसिक तथा शारीरिक पीडा, बिरामी हुँदा आत्मबलको भूमिकादेखि बलिउड निर्देशक सञ्जय लीला भन्सालीको वेव सिरिज ‘हिरामण्डी’ को अनुभव पनि साटिन् ।
पूर्व मिस नेपाल शृङ्खलाले आफ्नो मिस नेपाल यात्रा र करिअरबाहेक सामाजिक सञ्जालमा खेप्नुपरेका अनावश्यक आलोचना र गालीबारे पनि सुनाइन् ।
सो अवसरमा बेलायतस्थित युवा व्यवसायी नेपाल फुड्सका सिइओ विकास नेपाल, प्रपर्टी व्यवसायी निक धिमाल र‘सर्ट लिज किङ’ का रूपमा परिचित जेसन पिटरसनले पनि आफ्ना सङ्घर्ष र सफलताको कथा सुनाए ।
नेपालले एउटा विद्यार्थीका रूपमा सन् २००९ मा बेलायत आएर कसरी सफल उद्यमी बन्न सफल भए भन्नेबारे प्रेरणादायीकथा सुनाएका थिए ।
बेलायतमा बर्सेनि आयोजना हुँदै आएको ‘इन्सपायर एक्स’ नयाँ पुस्ता लक्षित बिजनेस इभेन्ट हो । जुन प्लेटफर्ममा उनीहरुलाई नेटवर्किङ, अनुभव आदानप्रदान र प्रोत्साहनको अवसर दिलाउने प्रयास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण