च्याम्पियन्स लिगमा स्तब्ध बन्यो साबिक विजेता रियल
बिहीबार, १७ असोज २०८१, ०७ : १५
डेकाथोन एरिना । साबिक विजेता रियल मड्रिड च्याम्प्यिन्स लिगमा फ्रेन्च क्लब लिलसँग स्तब्ध भएको छ । टोलीले प्रतियोगितामा सन् २०२३ मेपछि पहिलोपटक हार बेहोरेको हो ।
सबै प्रतियोगिताका पछिल्ला ३६ खेलहरूमा कार्लो एन्चेलोटीको टोली पराजित भएको यो पहिलोपटक पनि हो । टोली पछिल्लोपटक गत जनवरी १८ मा एट्लेटिको मड्रिडसँग कोपा डेल रेमा हारेको थियो ।
खेलमा जोनाथन डेभिडले पहिलो हाफको इन्जुरी समयमा गरेको एक मात्र गोल निर्णायक बन्यो । एडुवार्डो कामाभिंगाले ह्यान्डबल गरेपछि लिलले पेनाल्टी पाएको थियो जसलाई डेभिडले सजिलै गोलमा परिणत गरे ।
अब रियलले अर्को खेलमा गत सिजनको फाइनलिस्ट बोरुसिया डर्टमन्डलाई आतिथ्य गर्नेछ भने लिल एट्लेटिको मड्रिडको घरेलु मैदानमा खेल्न जानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण