भिल्लासँग हार्यो बायर्न
बिहीबार, १७ असोज २०८१, ०७ : २०
भिल्ला पार्क । जर्मन महारथी बायर्न म्युनिख इंग्ल्सि क्लब एस्टन भिल्लासँग पराजित भएको छ । च्याम्पियन्स लिग अन्तरगत बुधबार राति भएको खेलमा टोली ०–१ गोलले स्तब्ध बनेको हो ।
खेलमा जोन डुरान नायक बने । सब्सटिट्युटका रूपमा मैदान प्रवेशको ९ मिनेटमा नै डुरानले बायर्नका भेटरान गोलकिपर म्यानुअल नुयरलाई छलाउँदै निर्णायक गोल गरे ।
उनाई एम्रेको टोलीले यो सिजन प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ । टोलीले पहिलो खेलमा स्वीटजरल्याण्डको यङ ब्वाइजलाई ३–० गोलले हराएको थियो ।
युरोपको सर्वोच्च क्लब प्रतियोगितामा भिल्ला ४१ वर्षपछि फर्किएको हो । टोली पछिल्लोपटक सन् १९८३ मा युभेन्टससँग पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण