भिल्लासँग हार्यो बायर्न
बिहीबार, १७ असोज २०८१, ०७ : २०

भिल्ला पार्क । जर्मन महारथी बायर्न म्युनिख इंग्ल्सि क्लब एस्टन भिल्लासँग पराजित भएको छ । च्याम्पियन्स लिग अन्तरगत बुधबार राति भएको खेलमा टोली ०–१ गोलले स्तब्ध बनेको हो ।
खेलमा जोन डुरान नायक बने । सब्सटिट्युटका रूपमा मैदान प्रवेशको ९ मिनेटमा नै डुरानले बायर्नका भेटरान गोलकिपर म्यानुअल नुयरलाई छलाउँदै निर्णायक गोल गरे ।
उनाई एम्रेको टोलीले यो सिजन प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ । टोलीले पहिलो खेलमा स्वीटजरल्याण्डको यङ ब्वाइजलाई ३–० गोलले हराएको थियो ।
युरोपको सर्वोच्च क्लब प्रतियोगितामा भिल्ला ४१ वर्षपछि फर्किएको हो । टोली पछिल्लोपटक सन् १९८३ मा युभेन्टससँग पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति
-
ग्वार्को चोकमा बनेको ‘ओभरपास’ उद्घाटन
-
शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल ?