निगमका चार परियोजना बनाउन आईओसीसँग सम्झौता, पेट्रोलियम परियोजनाको अन्यौल हट्यो
काठमाडौँ । नेपाल आयल निगमले अघि बढाएका महत्त्वपूर्ण आयोजना निर्माणसम्बन्धी अन्यौल अन्त्य भएको छ ।
झापाको चारआलीको पेट्रोलियम पाइपलाइन तथा स्मार्ट टर्मिनल तथा अमलेखगञ्ज–लोथर पाइपलाइन तथा टर्मिनल निर्माणको मोडालिटीको अन्यौलता अन्त्य भएको हो ।
बिहीबार नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) बीच चारवटै परियोजना निर्माणसम्बन्धी समझदारी भएको हो । यसमध्ये चितवनको स्मार्ट टर्मिनल आयल निगमको लगानीमा निर्माण हुनेछ । बाँकी सबै परियोजना अनुदानमा बनाइदिन आईओसी सहमत भएको छ ।
उक्त सहमति पत्रमा नेपाल आयल निगमका तर्फबाट कार्यकारी निर्देशक चण्डिका भट्ट र भारतीय आयल कर्पोरेसनका डाइरेक्टर सन्थेल कुमारले हस्ताक्षर गरेका छन् । सो क्रममा भारत सरकारको पेट्रोलियम ग्यास तथा नेचुरल ग्यास सचिव पंकज जैन रआईओसीका अध्यक्ष सतीश कुमारको उपस्थिति थियो ।
भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको दूरी ५० किलोमिटरको छ । त्यस्तै,स्मार्ट ग्रिनफिल्ड टर्मिनलको क्षमता १८ हजार ९ सय किलोमिटर हुनेछ ।
त्यस्तै, अमलेखगञ्जदेखि चितवनको लोथरसम्मका ६२ किलोमिटर पाइपलाइन बन्नेछ । लोथरमा निर्माण हुने स्मार्ट ग्रीनफिल्ड टर्मिनल ९१ हजार ९०० किलोलिटर क्षमताको हुनेछ । यी परियोजनाहरुको कुल लागत १५ अर्ब रुपैयाँ रहने निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो कप्तानीमा लगातार विश्वकपको उपाधि जित्ने मेस्सीको सपना चकनाचुर
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण