निगमका चार परियोजना बनाउन आईओसीसँग सम्झौता, पेट्रोलियम परियोजनाको अन्यौल हट्यो

काठमाडौँ । नेपाल आयल निगमले अघि बढाएका महत्त्वपूर्ण आयोजना निर्माणसम्बन्धी अन्यौल अन्त्य भएको छ ।
झापाको चारआलीको पेट्रोलियम पाइपलाइन तथा स्मार्ट टर्मिनल तथा अमलेखगञ्ज–लोथर पाइपलाइन तथा टर्मिनल निर्माणको मोडालिटीको अन्यौलता अन्त्य भएको हो ।
बिहीबार नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) बीच चारवटै परियोजना निर्माणसम्बन्धी समझदारी भएको हो । यसमध्ये चितवनको स्मार्ट टर्मिनल आयल निगमको लगानीमा निर्माण हुनेछ । बाँकी सबै परियोजना अनुदानमा बनाइदिन आईओसी सहमत भएको छ ।
उक्त सहमति पत्रमा नेपाल आयल निगमका तर्फबाट कार्यकारी निर्देशक चण्डिका भट्ट र भारतीय आयल कर्पोरेसनका डाइरेक्टर सन्थेल कुमारले हस्ताक्षर गरेका छन् । सो क्रममा भारत सरकारको पेट्रोलियम ग्यास तथा नेचुरल ग्यास सचिव पंकज जैन रआईओसीका अध्यक्ष सतीश कुमारको उपस्थिति थियो ।
भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको दूरी ५० किलोमिटरको छ । त्यस्तै,स्मार्ट ग्रिनफिल्ड टर्मिनलको क्षमता १८ हजार ९ सय किलोमिटर हुनेछ ।
त्यस्तै, अमलेखगञ्जदेखि चितवनको लोथरसम्मका ६२ किलोमिटर पाइपलाइन बन्नेछ । लोथरमा निर्माण हुने स्मार्ट ग्रीनफिल्ड टर्मिनल ९१ हजार ९०० किलोलिटर क्षमताको हुनेछ । यी परियोजनाहरुको कुल लागत १५ अर्ब रुपैयाँ रहने निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघले सीटीईभीटीको नयाँ भर्ना निर्देशिका जलायो
-
नीरव मोदीको नयाँ जमानत याचिका लन्डन उच्च अदालतद्वारा खारेज
-
इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो, नाकाबन्दीका कारण अवस्था झनै बिग्रियो
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?