चलिरहेका फिल्मका अंश सामाजिक सञ्जालमा देखिएपछि बोर्डले सम्झायो कानुन
काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्मका अंश सामाजिक सञ्जालमा देखिएपछि कानुन सम्झाएको छ । शुक्रबार सूचना जारी गर्दै बोर्डले प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ सम्झाएको हो ।
यस्तै बोर्डले चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनधिकृत रूपमा प्रयोग नगर्न आग्रह गरेको छ । चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनधिकृत रूपमा प्रयोग नगर्न र दण्ड, जरिवाना र क्षतिपूर्तिबाट बच्न समेत बोर्डले सचेत गराएको हो ।
सूचनामा भनिएको छ,‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य–मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भइरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ । यसरी चलचित्रको मुख्य अंशहरूको अनधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ ।’
केही दिन अगाडि फिल्म बेहुली फ्रम मेघौली र ‘ज्वाइँ साब’का केही अंश सामाजिक सञ्जालमा देखिएका थिए ।
बोर्डले भनेको छ,‘अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली, २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ ।’
बोर्डले चलचित्रघर भित्र मोबाइल क्यामेरालगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु नगराउन समेत आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण