लुम्बिनी प्रदेश प्रहरीको चाडपर्व सुरक्षा योजना : कुकुरदेखि ड्रोन क्यामेरासमेत प्रयोग गर्ने
बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०८१ ल्याएको छ । ‘सुरक्षित गाउँ सहर, प्रदेश प्रहरीको रहर’ भन्ने नाराका साथ दसैँ, तिहार, छठ पर्व केन्द्रित सुरक्षा योजना ल्याएको लुम्बिनी प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी कुबेर कडायतले रातोपाटीलाई बताए ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा चाडपर्वमा ७ हजार ६४४ प्रहरी परिचालन गरिने उनको भनाइ छ । २६ प्रकारको ड्युटीको नाम दिएर चाडपर्वको अवसरमा ती प्रहरी जनशक्ति खटाइने उनले बताए ।
डीआईजी कडायतका अनुसार सीमा नाकामा प्रहरीका तालिमप्राप्त कुकुर परिचालन गरी चेकिङ गर्नेदेखि धेरै भिडभाड हुने ठाउँमा ड्रोन क्यामेरासमेत प्रयोग गरेर निगरानी बढाउने योजना छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा चाडपर्वको सुरक्षा योजना अन्तर्गत १०५ स्थानमा ‘क्युआरटी’ (क्वीक रेस्पोन्स टिम) बनाइएको छ । उक्त टिममा ४७४ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । बैंक तथा वित्तीय कारोबार धेरै हुने ४८ स्थानमा २१८ जना प्रहरीलाई खटाइएको प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।
यस्तै प्रदेशका सरकारी कार्यालय सुरक्षाका लागि ४४८ ठाउँमा एक हजार ४२० प्रहरी परिचालन गरिने डीआईजी कडायतले जानकारी दिए । उनका अनुसार ४२ ठाउँमा सादा पोसाकमा ११२ जना प्रहरी खटाइने छ भने २६५ वटा मोटरसाइकल गस्ती टोली बनाएर ४६१ जना प्रहरी खटाइने छ ।
१६० वटा पैदल गस्ती टोली बनाएर ४९१ जना प्रहरी खटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा चौबिसै घण्टा ६३ ठाउँमा विशेष चेकिङ गरिने र त्यसका लागि २८७ प्रहरी परिचालन हुने जनाइएको छ । प्रदेशमा रहेका लोकमार्गमा पनि १५४ जना प्रहरी खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा स्कर्टिङका लागि २७ वटा टोली बनाएर १५४ जना प्रहरी खटाइने छ । चाडपर्वमा ट्राफिक व्यवस्थापन गर्ने रणनीति अनुसार ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली विभिन्न ठाउँमा रहने जनाइएको छ ।
प्रदेशभरि ५१ स्थानमा यात्रु सहायता कक्ष रहने र त्यसका लागि १६० जना प्रहरी खटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन ४० वटा टोली गठन गरेर २१२ जना प्रहरी खटाइने जनाइएको छ । ग्रामीण क्षेत्रमा २७२ जना प्रहरीलाई गस्तीमा खटाइने भएको छ ।
चाडपर्वका बेला पुराना अपराधीहरू घर आउने सम्भावनालाई ध्यान दिँदै प्रहरी चनाखो भएको डीआईजी कडायतले रातोपाटीलाई बताए ।
उनले विशेष गरी दसैँ, तिहार जस्ता चाडमा अपराधमा संलग्न भएका व्यक्तिहरू घर आउने सम्भावना हुने भएकाले प्रदेश प्रहरीले पुराना फरार अभियुक्तको खोजी कार्यलाई पनि उत्तिकै महत्त्व दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण